Salyan Paribesh , ११३७ पटक हेरिएको

सल्यान/ बैशाख,९- तुला राम डाँगी क्षेत्रि
लोक दोहोरि क्षेत्रमा धेरै पहिला देखि लागि परिरहेका अब्बल गायक लम्जुङ्गमा जन्मिएका आशिष घर्ति मगर अनि सल्यानको दारिमज्युलामा जन्मिएकी सल्यानी गायिका गितान्जली गिरि र सुनिता बुढा क्षेत्रि को स्वरमा सजिएको गित पिरतीको बत्तिको ‘ भिडियो सार्बजनिक भएको छ ।
माया प्रेम र रोमान्समा रहेका युवा युवती विचको प्रेम लाई समेटिएको उक्त भिडियोको गीतमा आशिष घर्ति मगर, गितान्जली गिरि र सुनिता बुढा क्षेत्रि ले स्वर दिएका छन् । उक्त गीतमा आयुष्मा कार्की, अतित थापा,सुस्मिता खतिवडा, शिव कुमाल को मोड्लिङ्ग रहेको छ।
काठमाण्डौं आसपासका रमणिय स्थलमा छायाँकन गरिएको गीतमा जिवनका सुनौला पलहरुलाई देख्न सकिन्छ ।
उक्त गीतमा आशिष घर्ति मगरको संगीत र गितान्जली मुस्कान गिरीको शब्द तथा शुनिल परियारको एरेन्ज र विशाल बैरागीको निर्देशन तथा बिमल छिनालको डाइरेक्सनमा गीत तयार गरिएको छ ।
माया प्रेम गास्दै काठ्माण्डौ घुमौला स्वम्भु पशुपति तिर रमाउला भनेर गीतमा चित्रण गरिएको छ । प्रेममा त्यागिने समपर्णलाई गीतको माध्यमबाट प्रस्ट बुझ्न सकिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुस
https://youtu.be/BMCvlicvoRo
प्रकाशित मिति: २०२२-०४-२२ , समय : १२:०२:०९ , १ वर्ष अगाडि