विवाहमा गएका पुरुषको लडेर मृत्यु

Salyan Paribesh , ५६०  पटक हेरिएको

सल्यान — सल्यानमा ५६ वर्षीय पुरुषको लडेर मृत्यु भएको छ । भल्चौरमा आफन्तको  छोरीको विवाहमा गएका दार्मा गाउँपालिका ४ गलातका ५६ वर्षीय सप्तप्रकाश मल्लको शनिबार राति लडेर मृत्यु भएको हो ।

उनी आफन्त नन्ने थापाको छोरीको विवाहमा गएका थिए । विवाह स्थलबाट उनी झन्डै ६ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

मृत्यु भएका मल्लको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनका अनुसार मृत्यु भएका मल्लको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । उनी स्थानीय विद्यालयका शिक्षकसमेत रहेका हुन् ।

प्रकाशित मिति: २०२२-०४-२४ , समय : १०:३७:४७ , १० महिना अगाडि