प्रचण्ड एमालेमा प्रवेश, तिमाल गाउँपालिकाबाट गाउँपालिका अध्यक्षमा चुनाबमा उठ्दै

Salyan Paribesh , ५७४  पटक हेरिएको

२०७८ माघ ८, काठमाडौं – नेपाली हाँस्य जगतमा चर्चित पात्र हुन कलाकार प्रदिप पाठक नक्कली प्रचण्ड । प्रचण्ड एमालेमा प्रबेस गर्दै काभ्रेको तिमाल गाउँपालिकाबाट गाउँपालिका अध्यक्षमा चुनाबमा उठदै । उनी सानै देखि अभिनयमा लागे, धेरैले उनी प्रचण्डको क्यारिकेचर गरेर दर्शकलाई मनोरञ्जन दिएका उनी कतिपय दर्शकले माओबादिकै पार्टीका हुन कि भनेर नि भन्छन्, तर वास्तवमा उनी एमालेबाट आफ्नै गाउँ जन्मथलो काभ्रे जिल्लाको तिमाल गाउँपालिका अध्यक्षमा चुनाब लडदै छन् । सपरिवार एमालेमा रहेका कलाकार पाठक पनि सानै स्कुले जीवन देखिनै एमाले मै रहेछन । रोल माओवादिको गरेतापनी एमालेका हरेक कार्यक्रममा पुगेको उनले बताए । सबैको सल्लाह अनुसार उनि एमालेबाट आफ्नै गाउँपालिकाबाट चुनाब लड्दै छन् । उनि भन्छन् मलाई जसरी कलाकारितामा दर्शकहरुले मन पराइदिनु भयो, आफ्नै गाउँपालिकाका जनताहरुले नै मलाई जिताउनु हुनेछ भन्ने पूरा बिश्वास छ । नक्कली प्रचण्ड प्रदिप पाठक दर्जनौ सिरियल मा साथै ४-५ वटा ठुलो पर्दाको फिल्म मा समेत काम गरिसके। उनले बार्हमासे नामक चलचित्र पनि लेखन निर्माण गरे, भने आफैले निर्देशन गरेको फिल्म ठुलो माछा पनि रिलिजको तयारिमा रहेको छ ।
उनी वास्तविक रुपमा प्रचण्ड नभई प्रचण्ड कै नक्कल गर्ने कलाकार प्रदिप पाठक रहेका छन् ।

प्रकाशित मिति: २०२२-०१-२२ , समय : १२:१६:०४ , २ वर्ष अगाडि