Salyan Paribesh , ८५० पटक हेरिएको

काठमाडौँ — संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा सोमबार ७५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै छ ।
मंगलबार बिहान निर्वाचन आयोगद्वारा जारी तथ्यांकअनुसार प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १ लाख ३७ हजार ४३ जनाको उम्मेदवारी परेको छ ।
आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेश १ का स्थानीय तहको प्रमुखमा ४१९‚ अध्यक्षमा ४८९, उपप्रमुखमा ३११ र उपाध्यक्षमा ३९१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशका पालिक प्रमुखमा १३०३‚ अध्यक्षमा ८६६‚ उपप्रमुखमा ६२४ र उपाध्यक्षमा ४६१ उम्मेदवारी परेको छ ।
त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहमा प्रमुखमा ५५७‚ अध्यक्षमा ५६३‚ उपप्रमुखमा ३२५ र उपाध्यक्षमा ३६० जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । गण्डकी प्रदेशका पालिका प्रमुखमा २३५‚ अध्यक्षमा २८६‚ उपप्रमुखमा १६० र उपाध्यक्षमा २२४ जनाको उम्मेदवारी परेको छ भने लुम्बिनी प्रदेशका पालिका प्रमुखमा ४०१‚ अध्यक्षमा ५३५‚ उपप्रमुखमा २८३ र उपाध्यक्षमा ४०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी कर्णाली प्रदेशका पालिका प्रमुखमा १५८‚ अध्यक्षमा २९६‚ उपप्रमुखमा १४६ र उपाध्यक्षमा २७२ जनाले मनोनयन दर्ता गराएका छन् भने सुदूरपश्चिम प्रदेशका स्थानीय तहको प्रमुखमा २०३‚ अध्यक्षमा २२९‚ उपप्रमुखमा १६० र उपाध्यक्षमा १८१ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०४-२६ , समय : ०३:३३:४९ , १ वर्ष अगाडि