Salyan Paribesh , ११५८ पटक हेरिएको

बादल आचार्य
रुकुम पश्चिम र सल्यान जिल्लाका साना किसान कृषि संस्था लि. हरुको आ.व.०७८/०७९को तेस्रो त्रैमासिक प्रगति समिक्षा तथा ०७९/८०को वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी २०७९/०१/१४ गते युनाइटेड होटल सल्यान श्रिनगर मा सम्पन्न भएको छ ।
साना किसान विकास बैंक लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय सुर्खेत को आयोजनामा भएको कार्यक्रममा इलाका कार्यालय प्रमुख राजेन्द्र भन्डारिले ७९/८० को वार्षिक बजेट कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा संस्थाले अपनाउनु पर्ने शुसासन सहकारी ऐन २०७४ तथा सहकारी सम्बन्धि निर्देशिका को बारेमा जानकारी गराउनु भएको थियोे । सल्यान जिल्लामा रहेकोका १९ र रुकुम पश्चिमका १५ गरि जम्मा जम्मि ३४ वटा साना किसान कृषि सहकारी संस्थाको सहभागी रहेको थियोे ।
यी संस्थाले आउदो आर्थिक वर्ष ७९/८० को वार्षिक बजेट तयार पारी इलाका कार्यालय विरेन्द्र नगर सुर्खेतलाई पेस गरेका छन । सो जानकारी साना किसान कृषि सहकारी संस्था लिमिटेड कपुरकोटका संस्था प्रबन्धक जित प्रसाद आचार्य ले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: २०२२-०४-२७ , समय : १७:३२:४३ , १ वर्ष अगाडि