Salyan Paribesh , ७७६ पटक हेरिएको

स्थानिय तहको निर्वाचन २०७९ मा शारदा नगरपालिका सल्यानकोे उपमेयर पदका उमेदवार रमेश कुमार गौतम युवाहरुमाझ निकै लोकपृय मानिन्छन् । युवाहरु माझ निकैे लोकपृय, प्रखर वक्ता, सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशिल तथा विगतमा नेतृत्वदायी भूमिका निर्वाह गरेका ठाउँमा कुशल नेतृत्व प्रदान गरेका कारण पनि गौतमलाई प्रमुख दावेदारको रुपमा हेरिएकोे छ । उसो त उपमेयरका उमेदवार मध्ये उनि नै सवैभन्दा लामो राजनितिक पृष्ठभूमि भएका उमेदवार हुन ।
उपमेयरकोे प्रवल दावेदारकोे रुपमा हेरिएका गौतम नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त गठवन्धनबाट चुनावी मैदानमा होमिएका छन् । मेयरमा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमोद श्रेष्ठ चुनावी मैदानमा छन् भने उपमेयरमा नेकपा एकिकृत समाजवादीको तर्फबाट गौतम ।
विद्यार्थि राजनितिबाट उदाएका रमेश गौतम प्रखर वक्ताको रुपमा चिनिन्छन् । २०५२ सालमा तत्काकालिन कालिका निमावी कजेरी सल्यानमा अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्षबाट विद्यार्थि राजनिति शुरु गरेका गौतमले २०५३ मा आदर्श मावि वाँकेको प्रारम्भिक कमिटी अध्यक्ष तथा २०५५ सालमा अनेरास्ववियूको बाँके जिल्ला कमिटी सदस्य बने । विद्यार्थि राजनितिमा बाँके जिल्लामा राम्रो छाप छोडेका गौतम २०५७ मा अनेरास्ववियूको वाँके जिल्ला सहसचिव र २०५८ मा जिल्ला उपाध्यक्ष भएर काम गरे । उनि विद्यार्थि राजनिति गर्दा बाँकेका अधिकांश विद्यालयमा पुगेका थिए ।
विद्यार्थि राजनितिलाई निरन्तरता दिदै गौतम सल्यान फर्किएर २०५९ सालमा अनेरास्ववियू सल्यानको जिल्ला अध्यक्ष बने । लगातार २ कार्यकाल अनेरास्ववियू सल्यानको जिल्ला अध्यक्ष बनेका गौतम अनेरास्वियुमा राप्ती अंचल कमिटी उपाध्यक्ष हुदै राष्ट्रिय परिषद सदस्य समेत बने । विद्यार्थि राजनिति गर्दा सानै उमेर भएपनि उनको बोल्ने प्रखर शैलीले धेरैलाई आकर्षित गर्ने गर्दथ्यो ।
पत्रकारिता क्षेत्रमा समेत होमिएका गौेतम २०६२ सालमा प्रेस चौतारी सल्यानको संस्थापक सचिवको रुपमा काम गरे भने २०६५ सालमा प्रेस चौतारी सल्यानको अध्यक्ष बने ।
२०५९ सालमा उनले पार्टीको सदस्यता प्राप्त गरेका थिए भने २०७० सालदेखि सातौँ जिल्ला अधिवेशनबाट उनि लोकपृय मतका साथ पार्टी जिल्ला कमिटी सदस्य बनेका थिए । यस्तै २०७४ सालमा भएको पार्टीृको आठौँ जिल्ला अधिवेशनबाट सचिव सदमा निर्वाचित भएयता उनि हाल सम्म लगातार सचिव भएर काम गरिरहेका छन् भने २०७८ सालदेखि नेकपा एकिकृत समाजवादीको कर्णाली प्रदेश कमीटि सदस्य भएर काम गरिरहेकका छन् ।
सामाजिक क्षेत्रमा सक्रिय गौतमको विगत
पत्रकारिता जगतमा समेत निकै लोकपृय गौतमले द्धन्दको क्रममा ज्यानको जोखिम पारेर समाचार सम्प्रेसन समेत गर्दथे । नेपाल पत्रकार महासंघ सल्यानको अध्यक्ष समेत भैसकेका गौतम सामाजिक क्षेत्रमा समेत निकै क्रियाशिल छन् । करिव १५ वर्ष सक्रिय पत्रकारिता गरेका गौतमले पत्रकार महासंघ सल्यानको सचिव हुदै २०६७ सालदेखि एक कार्यकाल अध्यक्षको रुपमा काम गरे । गौतमले २०७१ सालमा सामुदायिक रेडियो प्रशारक संघ अको¥यावका केन्द्रिय सदस्य तथा २०७४ सालमा कर्णाली प्रदेश अध्यक्षको रुपका एक कार्यकाल काम गरेका थिए ।
गौतमले अघि सारेका यस्ता छन् एजेण्डा
गौतमले आफु शारदा नगरपालिकाको उपमेयर बनेमा गर्ने केहि महत्वपुर्ण कामहरु अघि सारेका छन् । उनले नगर एम्वुलेन्स मार्फत विरामीहरुलाई घरमै पुगेर अस्पताल लैजाने प्रवन्ध गर्ने, नगरवासिको सहज आवागमनको लागी रिङ्गरोड निर्माण गरी नगरवस संचालन गर्ने, कृषि उत्पादनलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदानको व्यवस्था गरी कृष्ाि पेशातर्फ आकर्षषण गर्ने योजना अघि सारेका छन् ।
यस्तै समृद्ध शारदा नगरपालिकाका लागी नगरवासिलाइ खुसि बनाउन आवश्यक स्वावलम्बी, सीपमुलक, व्यावसायिक, प्रविधिमैत्री, प्रतिस्पर्धी, प्रवर्तनात्मक र मूल्य उन्मुख नागरिकको विकासका लागी नगरपालिकालाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने योजना उनले अघि सारेका छन् । यसका लागी शिक्षकहरुको क्षमता विकास, सवैे वालवालिकाहरुको विद्यालयमा पहुँच, सूचकमा आधारित काम तथा मूल्यांकन, सरोकारवालाको सहभागितामा विद्यालयको शुसासनमा सुधार तथा उत्कृष्ट, शिक्षक, विद्यार्थि तथा मानवश्रोतको सम्मान र संरक्षण गर्ने योजना पनि आफु सँग रहेको गौतमले बताए ।
यस्तै नगरपालिकाको फोहोरलाई प्रशोधन गरी मोहोरमा परिणत गर्ने, सुन्दर तथा हराभरा नगर बनाउनका लागी नगरका विभिन्न ठाउँहरुमा वृक्ष तथा फूल रोपनलाई व्यापक बनाउने उहाँको योजना छ । यस्तै गौतमले स्थानिय तहमा अघिल्ला जनप्रतिनिधिले अघि सारेका राम्रा र उपलव्धीमूलक कामलाई आफुले निरन्तरता दिने बताए। यस्ता थुप्रै काम गर्नको लागी आफुले विज्ञको सहयोग, सरोकारवालाको सृुझाव, जनताको आवाज र अपेक्षालाई सधैे ध्यान दिने बताए ।
कभर खबर
प्रकाशित मिति: २०२२-०४-२९ , समय : १०:००:०५ , ११ महिना अगाडि