Salyan Paribesh , १५८१ पटक हेरिएको

सल्यान, बैशाख/ १७ – तुला राम डाँगी क्षेत्रि शास्त्रमा लेखिए अनुसार पिताभन्दा पनि ठूली मानिएकी आमा प्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।
छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ .
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । र यो हाम्रो रिति रिवाजमा चलि आएको छ।
सानै उम्मेरमा बाबु गुमाएको म टुहुरो लाइ आज आमाले यहा सम्म पुराएर बाबुको कमि हुन दिनुभएन तसर्थ म अहिले जे जस्तो अबस्थामा छु आमाको आशिरबादले यहा सम्म छु , त्यति मात्र होइन मेरो दाजु भने पनि भाई भने पनि मेरा दीदी अनि बहिनी छन उनीहरु पनिआमा कै भूमिका निभाएका छन बिहे गरियो अब झन् श्रीमती अर्थात जिबन संग्गेनी भित्राइयो उसको पनि त्यतिकै हात छ अझै भानु त सासु आमाको पनि आशिर्बाद थपिएको छ यति बेला मैले आफ्नी आमा मात्र होइन अब सासु आमा लाइ पनि आफ्नी आमा सम्झिएको छु।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।
प्रकाशित मिति: २०२२-०४-२९ , समय : २१:०६:३६ , २ वर्ष अगाडि