नेपालमै बन्यो फेसबुक जस्तै एप पैसा इन्कम,लगायत सम्पूर्ण सुबिधा एकठाउँमा क्यासनेप हब

Salyan Paribesh , २४७२  पटक हेरिएको

बैशाख/ १९, तुला राम डाँगी क्षेत्रि
क्यासनेप फाउण्डेशन र क्यासनेप अनलाइन अर्निङ प्लाटफर्म को सहकार्यमा दैनिक कमाई साथै मनोरन्जन समेत हुने CashNep Hub App नामको App र Website लन्च गरिएको छ। अन्य सामाजिक संजालहरुले उपलब्ध गराएका सबै सुबिधा सहित Fund Create (रकम संकलन ), कृषकहरुले आफ्नो बस्तुहरु बिक्री गर्न सकिने घरमै बसी, उपभोक्ताहरुले सामान सिधै कृषक सँग किन्न मिल्ने सुबिधा, अध्ययन गर्दा गर्दै कुनै बिषयमा छलफल गर्दा, भिडियो, लाईक, कमेन्ट, सकरात्म पोष्ट अपलोड गर्दा केहि क्यासनेप हबले प्रयोकर्ताहरुको क्यासनेप हब भित्रको खातामा पैसा जम्मा हुदैँ जान्छ उक्त जम्मा भएको पैसाले कसै लाई आर्थिक सहयोग दान, सामान खरिद, विज्ञापन साथै साथिहरुको खाता पनि पैसा पठाउन सकिने छ।

अनुसन्धानकर्ता, लेखकहरुको लागि Article/ Blog रहेको छ, रगत संकलन र सहयोग,उत्पादित बस्तुको प्रचारप्रसार,लोकसेवा लगाएत सबै खाले शैक्षिक तयारी कक्ष, भिजन सम्बन्धि छलफल,आफुमा भएका प्रतिभाको प्रस्फुटन I Can Do, कोठा खोज्ने र दिने घरबेटीहरु को लागि Room Finder, उधमी बन्न युवाको लागी Startup, उच्च शिक्षा अध्ययनको Abroad Study, जब (Job) लिने र दिने काम, गेमहरु खेल्न मिल्ने, भिडियो फिल्महरु एवम् डकुमेन्ट्री हेर्न सकिने लगाएत थुप्रै खाले विशेषज्ञ समाबेश गरिएको यो CashNep Hub उत्कृष्ट App बनेको छ। थुप्रै बिदेशी एपहरुले मनोरन्जन साथै सेवा सुबिधा दिए माफत प्रयोगकर्ताहरु बाट दैनिक पुजी विदेशमा निर्यात भएको छ उक्त सेवा सुबिधा अब नपाली एप CashNep Hub ले दिने छ। कुल आम्दानीको २५ प्रतिशत प्रयोगकर्ताहरु लाई चलाए बाफत प्रदान गर्ने उदेश्य बोकेको छ भने केहि प्रतिशत बालबालिका तथा युवाहरुका प्रतिभा प्रोत्साहन, पहिचान, बजारीकरण साथै आर्थिक अनुदान जस्ता सामाजिक कार्यमा खर्च गर्ने हेतुले यो एप निर्माण गरिएको छ। यस एप बाट भएको आम्दानी लाई केहि प्रतिशत युवा उधमी बन्नको लागि अनुदान, अति विपन्न परिवारमा हुर्केका बालबालिका तथा युवाहरु लाई उच्च शिक्षा अध्ययनको लागि कोष स्थापना गरेको छ। “मागेर सामजिक सेवा होईन, कर्म गरेर सामजिक सेवा गरौ” भन्ने मूल नाराका साथ यस क्यासनेप फाउण्डेशनले आफै आम्दानी गर्न सक्ने एप निर्माण गरेको हो।

क्यासनेप फाउण्डेशनको शिक्षा विभाग अन्तर्गत अहिले हरेक दिन बौद्धिक प्रश्नहरुको प्रतियोगिता हुने गर्दछ सहि उत्तर दिनेहरु मध्ये एक जना लाई गोलापत्र गरि रु. १० दिदै आईरहेको । भने उत्कृष्ट लेख, पोष्ट, भिडियो जस्तै युवा उधमी बन्न उत्प्रेरित, कृषि सम्बन्धित पोष्ट, युवा लाई उत्प्रेरित गर्ने खालका पोष्ट गर्ने हरु मध्ये एक जना लाइ रु. १०० हरेक हप्ता शनिवार दिदै आईरहेको छ ।

कुनै पनि अश्लिन तस्विर, बालबालिकाहरु लाई तर्साउने तस्विर, भिडियो, शब्दहिन, दुर्घटना रगत भएका तस्विर, छाडा शब्दहरु प्रयोग गर्न र अपलोड गर्न मनाही रहेको छ । कसैले नियम बाहिर गएर अपलोड साथै प्रयोग गर्छ भने क्यासनेप हब ले कहिँ बेर मै हटाईदिन्छ।

कुनै पनि प्रयोगकर्ताहरुले आर्थिक सहयोग कोष स्थापना गर्न सक्ने छन् जस्तै टुहुरा बालबलिकाले आफ्नो उच्च शिक्षाको लागी रु. १ लाख संकलन गर्न खोज्ने छन् आफ्नो कापी किताव किन्न को लागी, विरामी खर्च इत्यादी को लागी Funding Create गर्न सक्ने छन्।

क्यासनेप हब एप विशेष गरि युवाका प्रतिभा लाई परिचान, प्रोत्साहन, प्रबर्द्धन साथै बजारीकरण गरि राज्यको अर्थतन्त्रमा टेवा पुग्ने उदेश्यले र दुर- दराजका कृष्हरुले आफ्नो उत्पादन सिधै उपभोक्ताहरु संग बेच्न र पुर्याउन सकोस, आर्थिक अवस्था नाजुकको कारणले कुनै पनि बालबालिका तथा युवाहरुका प्रतिभा खेर नजाओस भन्ने मुख्य उदेश्यले यस एप निर्माण गरिएको हो।

अब कसै संग प्रतिशतपर्धा मा होईन, सहकार्यमा राष्ट्र निर्माण स्वदेशी उत्पादन लाई अन्तर्राष्ट्रिय स्तर सम्म पहिचान साथै बजारीकरण गर्न जरुरी रहेको र लाखौ नपाली युवाहरुको जनशक्ति बिदेशी बाटो मा पसिना बगाउनु दिनु हुन् स्वदेशमै केहि गर्नु पर्छ यसमा राज्य लगाएत स-संस्था देखि युवाहरु सोंच विचार परीवर्तन गरेर सकरात्मक विचारमा स्वदेश मै केहि गर्न सकिन्छ क्यासनेप फाउण्डेशनका महासचिव युवा उधमी, पब्लिक स्पिकर राजन अधिकारी ज्यू ले बताउनु भयो।

दैनिक मनोरंजनमा नेपालीले लाखौ रकम र समय खर्च गरिरहेको बेला क्यासनेपले भने प्रयोगकर्ताहरु (Users) ले समय खर्च गरे बाफत उल्टै कमाउन सक्ने र साना तिना समस्या समाधान गर्न सक्ने क्यासनेप साहायक प्रबन्धक निर्देशक हिक्मत शाही क्षितिजले बताउनु भयो। सामाजिक संजाल मा मात्र दैनिक करोडौ खर्च गर्ने र सबै आम्दानी बिदेश जाने भएकोले नेपालको अर्थतन्त्र मजबुत बनाउन केहि राहत होस् भनेर यो App निर्माण गरेको साथै समाजिक बिकृती कम गर्ने र प्राप्त आम्दानी समाजसेवा कै लागि खर्च गरिने क्यासनेप फाउण्डर बैज्ञानिक वसन्त कुमार शाहीले बताउनु भयो। अहिले Android Phone को लागी एप र Website सेवा सुबिधा दिएको छ।

एप कसरी प्रयोग गर्ने यसका फाईदाहरु बुझ्नको लागी यस भिडियोको लिंक मा क्लिक गर्नुहोस्: https://youtu.be/wV5y00W8zc4

एप डाउनलोड को लागी: https://play.google.com/store/apps/details?id=com.cashnep.cashnephublite

प्रकाशित मिति: २०२२-०५-०२ , समय : ०९:३६:२१ , २ वर्ष अगाडि