Salyan Paribesh , ११७१ पटक हेरिएको

वैशाख २०, २०७९तृप्ति शाही
बैतडी — बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि कुटपिट भएको छ । माओवादी केन्द्रकातर्फबाट जिल्लाको डिलाशैनी गाउँपालिका–५ मा वडा सदस्यका उम्मेदवार बनेका हरिराम साउदमाथि सोमबार राति साढे १० बजेतिर कुटपिट भएको हो ।
उनीमाथि अजीब साउदलगायतको टोलीले कुटपिट गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनीहरुको खोजीको लागि प्रहरी घटनास्थल पुगेको छ । उनका अनुसार घटनाबारे थप जानकारी आउन बाँकी छ ।
घाइते साउदको टाउकोमा गहिरो चोट लागेको छ । उनको हात र मुखमा पनि चोट लागेको छ । खुकुरी प्रहारबाट घाइते भएका उनलाई गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ ।
प्रकाशित मिति: २०२२-०५-०३ , समय : ०७:०८:२० , २ वर्ष अगाडि