म मेरै कार्यकालमा वार्डलाई समृद्धिको दिशामा अगाडी लैजानेछु,वार्ड न ३ का अध्यक्ष पदका उम्मेदवार प्रदिप खड्का

Salyan Paribesh , १४४७  पटक हेरिएको

सल्यान,बैशाख/२०,तुला राम डाँगी क्षेत्रि
यहि बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय निर्वाचनमा नेपालि काङ्ग्रेसको तर्फबाट ३ नम्बर वडामा प्रदीप खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

कपुरकोट गाउपालिका वार्ड न ३ को वार्ड सदस्य को रुपमा रहेर जनता को सेवा गर्दै आएका प्रदिप खड्का आसन्न स्थानीय तहको निर्वाचन अन्तर्गत नेपालि काङ्ग्रेसको तर्फ बाट वडा अध्यक्ष पदमा गठबन्धन नभएर आफ्नो सिङ्गल उम्मेदवारी दर्ता गराएका छन ।

गत स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत सहित वडा सदस्य पदमा निर्वाचित खड्काले विगतका अधुरा कार्यहरुलाई पुरा गर्न र नमुना वडाका रुपमा विकास गर्नका लागि यस पटक वडा अध्यक्षमा आफनो उम्मेदवारी रहेको बताएका छन ।

५८ साल देखि नेपाली काङ्ग्रेस को राजनीति गर्दै विभिन्न सघं–सगठनमा आवद्ध रहेर काम गरी सकेको अनुभुबी नेता लाई आसन्न निर्बाचन मा वार्ड अध्यक्ष को उम्मेदवार हुनु वार्ड बासीहरु को लागि एक अबसर रहेको वार्ड बासी बताउछ्न । उनि स्थानीय राजनितिमा एउटा छुटै पहिचान बनाउन सफल युवा नेता तथा सामाजिक अभियान्ताका रुपमा परिचित छन । उनिले आफ्नो उम्मेदवारी समग्र वार्डको विकासका लागि भएको बताएका छन ।

समग्र गाउ पालिकाको केन्द्रको रुपमा रहेको ३ नम्बर वार्ड लाई बिकाश मय बनाउनको निमित्त आफ्नो उम्मेदवारी रहेको बताउछन । सडक, खानेपानी, कृषि, स्वास्थ्य र शिक्षाको विकास नै आफ्नो मुख्य एजेन्डा भएको खड्काको भनाई छ । उनि थप्दै भन्छन म मेरो वार्ड को समृद्धि र बिकासको लागि उम्मेदवार बनेको छु । म मेरै कार्यकाल मा वार्ड लाई समृद्धि को दिशामा अगाडी लैजाने छु ।

खड्काको लगशिलता, सफल नेतृत्व गर्न सक्ने क्षमता र जिम्मेवारी वहन गर्ने फरक शैलीका कारण उनि स्थानिय जनतामा वडा अध्यक्ष पदका लागि सवार्धिक चर्चामा रहेका छन । उनि भन्छन् मेरो क्षमता, लगनशीलता र वडा सदस्य हुँदा गरेको काम नै चुनाव जित्ने मुख्य आधार रहेको छ । बिगतको वार्ड ले थालनी गरेको कार्यक्रम र योजना लाई पुर्णता दिनको लागि पनि र समृद्धिको योजना लाई सार्थक बनाउन को लागि पनि आफ्नो उम्मेदवारी रहेको खड्काले बताएका छन । सदस्यहरुमा तिलक सिङ ठकुरी, राधिका एरि, निमा सुनुवार, टेकेन्द्र पुन ले उम्मेदवारी दिएका छन ।

साथै ३ नम्बर वार्ड बासि सम्पुर्ण आमा बुवा दाइभाई दिदिबहिनीहरुलाई ३० गते सम्पन्न हुन लागेको स्थानीय निर्वाचनमा रुख चिन्हमा आफ्नो आमूल्य मत दिएर बिजयि बनाउन पनि आग्रह गरेका छन ।

प्रकाशित मिति: २०२२-०५-०३ , समय : १२:१२:४४ , १ वर्ष अगाडि