म्यानेजमेन्टबाट एमवि एश,पोलिटिकल साइन्सबाट एम ए गरेका शर्मा कपुरकोट गापा अध्यक्षमा जित्ने पक्का

Salyan Paribesh , १३६०  पटक हेरिएको

सल्यान/बैशाख,२३- तुला राम डाँगी क्षेत्रि जिल्लाको मुल द्वारमा रहेको कपुरकोट गाउपालिकामा बिष्णु शर्मालाई अरु उम्मेदवार भन्दा बिशेष महत्वका साथ हेरिएको छ। विकासका निम्ति केही सरल भएतापनी काम गर्न त्यस गाउँ पालिकामा निकै चुनौती छ ।
त्यो चुनौतिलाई पार गरि पालिकाको सर्वाङगिन विकासनै आफ्नो पहिलो प्राथमिकता हुने शर्माको योजना छ । सरल, भद्र, सालिन, फिक्स चाहिने कुराहरू मात्रै बोल्ने, अनावश्यक कुराहरू देखि टाढा रहने स्वभावका मानिने उनी सबै तहका ब्यक्तित्व हरु सङ्ग लोकप्रिय छ्न । उनलाई झट्ट हेर्दा र भेट्दा थोरै कम बोलेकै कारणले घमण्डि जस्तो सोचेता पनि बिस्तारै घुलमिल भएपछि उनी सबैको मन-मनको ढुकढुकी भएर सम्बन्ध प्रिय बनाउने स्वभावमा गनिन्छन ।

स्थानिय किमुचौर स्कुल देखि शैक्षिक यात्रा सुरु गरेका शर्माले म्यानेजमेन्ट बाट यम वि यश र पोलिटिकल साइन्स बाट यम य सम्मको शिक्षा प्राप्त गरेका छ्न । उनले पालिका अध्यक्ष जितेपछि गाउँ पालिकाका सबै स्कूललाई थप ब्यबस्थापन सहित शैक्षिक क्षेत्रमा अझ व्यवस्थित संगै पालिकाको आफ्नै लगानीमा स्तरिय प्राबिधिक कलेजको स्थापना गर्ने र वडागत रुपमा कम्तिमा एक एकवटा नमुना आधारभूत बिध्यालयहरु खोलिने,

गाउपालिका भित्रका बिध्यालयहरु बाट उत्कृष्ट नतिजा ल्याउने बिध्यार्थिहरुलाई स्नातक तहसम्म अध्यनका लागि छात्रवृति प्रदान, प्रत्यक वडामा एम्बुलेन्सको ब्यबस्था, जेष्ट नागरिक, दिर्घ रोगि, बिपन्न तथा असक्तलाई घरमै पुगी निशुल्क प्रारम्भिक स्वास्थ्य सेवा प्रदान लगायत थुप्रै कामहरु गरेर देखाउने शर्माको प्रतिबद्धता रहेको छ।

यस्तो छ शर्माको राजनैतिक थोरै जानकारी

गाउँ पालिकाको ३ नम्बर वडा स्थित कपुरकोटमा २०३१ साल मंसिर २४ गते बाबु इश्वरी प्रसाद शर्मा र आमा बसन्ती देवि शर्माको कोख बाट जन्मेका बिष्णु शर्मा २०४८ सालबाट राजनितिमा छिरेका हुन । हाल सम्म उनी थुप्रै संघ संस्थामा आवद्ध रहि सकेका छन ।

प्रकाशित मिति: २०२२-०५-०६ , समय : १०:००:१८ , ११ महिना अगाडि