पार्टी हित विपरित काम गरेको भन्दै देव बहादुरलाई गर्‍यो माओवादीले कारवाही

Salyan Paribesh , ११६२  पटक हेरिएको

वैशाख २३,सल्यान 
नेकपा (माओवादी केन्द्र) सिद्ध कुमाख गाउँ कमिटीले पार्टीको निर्णय तथा विधान विपरीत गतिविधि गरेको भन्दै सिद्ध कुमाख गाउँ कमिटी सदस्य देव बहादुर बस्नेतलाई कार्वाही गरेको छ ।

शुक्रबार एक  विज्ञप्ति सार्वजनिक गर्दै गाउँ कमिटीले कारवाही गरेको हो । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्ध कुमाख गाउँ कमिटीको विभिन्न जिम्मेवारी रहि काम गर्दै आएका र हाल स्थानीय चुनावमा बिपक्षीलाई सहयोग गर्दै आएको र  गठबन्धनलाई असर पर्ने गरि पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै  पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको उल्लेख गरिएको छ ।

– सल्यान खबर डेस्क

प्रकाशित मिति: २०२२-०५-०६ , समय : १४:२९:४७ , १ वर्ष अगाडि