नेपाली कांग्रेसका उम्मेदवारहरुको चुनावी प्रचारमा हिडेको गाडीबाट लडेर एक युवकको मृत्यु

Salyan Paribesh , १४०३  पटक हेरिएको

वैशाख/२४-सल्यान
सल्यानमा स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा हिडेको गाडीबाट लडेर एक जना युवकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका २ दानीचौर निवासी १८ बर्षिय खुमराज थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उमेदवार भुपेन्द्र घर्ति मगर सहितको चुनावी प्रचारप्रसारमा प्रयोग गरिएको लु १ ज ४५९९ नम्बरको जीपको छतबाट शनिबार बिहान ११ बजेतिर लडेर गम्भीर घाईते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

स्थानिय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुको चुनावी प्रचारप्रसारमा हिडिरहेको गाडीको छतबाट खस्दा थापाको टाउकोमा गम्भिर चोट लागेको थियो । थापालाई सोहि गाडीले उपचारका लागी तुलसीपुर ल्याएको थियो । थापाको मृत्यु भएपछि गाडी तुलसीपुर प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: २०२२-०५-०७ , समय : १७:२३:३७ , २ वर्ष अगाडि