Salyan Paribesh , २८२ पटक हेरिएको

सिन्धुपाल्चोक जिल्ला , मेलम्ची नगरपालिका ३ हैबुङमा ढुंगाले थिचेर एकजनाको ज्यान गएको छ । बर्दिया घर भएका अन्दाजी ४० बर्षका शेर बहादुर श्रेष्ठको ज्यान गएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक बनाउने क्रममा माथी बाट आएको ढुंगाले थिचेर स्काइभेटर चालकको ज्यान गएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राइले जानकारी दिनुभयो । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०१-२२ , समय : १६:५४:५३ , २ वर्ष अगाडि