Salyan Paribesh , १४८२ पटक हेरिएको

सल्यान,बैशाख-२५ तुला राम डाँगी क्षेत्रि
सल्यानको कपुरकोट गाउपालिका वडा नम्बर- ६ बाट राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा ) मा अध्यक्ष पदका उम्मेदवार श्यामकृष्ण बोहराले आगामी वैशाख ३० गते हुने स्थानिय तहको चुनावमा वडावासिले राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा ) “हलो” चिन्हमा मा भोट दिएर अत्याधिक मतले विजयी गराउन सम्पुर्ण वडाबासि हरुमा अपिल गरेका छन्।
बोहरा, ‘भन्छन उम्मेदवारले जे एजेण्डा ल्याउँछन् त्यसको आधारमा भोट दिने हो । व्यक्ति श्यामकृष्ण बोहरालाइ दिने होइन ।’ अबको पाँच वर्ष कस्तो बनाउँछौँ भनेर हाम्रो एजेण्डा हेर्नुहोस र सोे एजेण्डाका आधारमा भोट दिन वडावासिलाई आग्रह गरेका छन् ।
बोहरा भन्छन” विश्वास दिलाउने गरी आउँछौँ धोका दिँदैनौँ,’ ‘कपुरकोट गाउपालिकाको वडा नम्बर -६ लाई सुखी र समृद्ध बनाउन मेरो उम्मेदवारी हो ।’
अघिल्लो तहमा थालेका र छोडिएका कामलाइ निरन्तर्ता दिने र वडामा अरु बिकाशका नया मुलहरु फुटाउने,जस्तै:- बाटाघाटाहरु शिक्षा ,स्वास्थ्य,बिजुलि र खानेपानी जस्ता आयोजनाहरुमा ध्यान केन्द्रीत गर्ने र आफू निर्वाचित भएमा वडावासिलाई गरेको वाचा पुरा गर्न कुनै कसरत नछोड्ने बताउछन।
प्रकाशित मिति: २०२२-०५-०७ , समय : १८:४२:३८ , २ वर्ष अगाडि