शिक्षाको विकासनै आफ्नो मुख्य एजेन्डा भएको बताउछिन महिला सदस्य पदकि शान्ति राणा

Salyan Paribesh , १३९५  पटक हेरिएको

सल्यान,बैशाख-२५ तुला राम डाँगी क्षेत्रि
वैशाख ३० गते हुन गई रहेको स्थानीय तहको निर्वाचनमा कपुरकोट गाउँ पालिका वडा नं.६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट शान्ति राणाले महिला सदस्य पदमा उम्मेदवारी पाएकी छिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बलियो बनाउन निरन्तर खटिएकि शान्ति “समाजसेवी पनि हुन् । उनी पार्टीका बिभिन्न संगठनको कुसलता पूर्वक जिम्मेवारी निर्वाह गरेकि छिन् ।

उनले आफ्नो उम्मेदवारी समग्र वडाको विकास र समृद्धिका लागी रहेको भनाइ छ । सडक, खानेपानी, कृषि, स्वास्थ्य र शिक्षाको विकास नै आफ्नो मुख्य एजेन्डा भएको र जितेपछि पुरा गर्ने प्रतिबद्धता समेत रहेको छ ।

अन्ततः ६ नम्बर वडा बासी सम्पुर्ण आमा बुवा दाजु भाइ दिदिबहिनीहरुलाई आफ्नो अमूल्य मत हलो चिन्हमा दिएर जिताउन आग्रह समेत गरेकी छिन् । हिजोआज उनि भोट माग्न घर दैलो कार्यक्रममै बेस्त रहेको बताउछिन ।

प्रकाशित मिति: २०२२-०५-०७ , समय : १९:१३:०८ , १ वर्ष अगाडि