शिवालय गा.पा.वडा नं ५ का अध्यक्ष पदका उम्मेदवार केसीले माओवादी परित्याग गरि एमालेमा प्रवेश

Salyan Paribesh , ६२८  पटक हेरिएको

जिल्लाको शिवालय गाउँपालिका वडा नं ५ मा माओवादी अध्यक्ष उम्मेद्बार पदमा उठ्नु भएको भक्त बहादुर के सी ले नेकपा एमालेमा प्रवेश गरेका छन् । के सी सँगै ३ दर्जन बढीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन । नेकपा एमाले शिवालय गाउँपालिका वडा नंं ५ मा पार्टी कमिटीले आयोजना गरेको कोणसभा कार्यक्रममा नेता–कार्यकर्ताहरुले एमालेमा प्रवेश गरेका हुन ।

के सी २०५७ सालदेखि नेकपा माओवादी केन्द्रमा जिल्ला कमिटी सदस्य रहेका थिए।के सी ले आफ्नो पार्टिले बिश्वास गरेर माओवादी अध्यक्ष पदको टिकट पाएका हुन् । त्यसैगरी हाल नेपाली कांग्रेस वडा कमिटि उपसभापति रहेर पार्टी चलाउदै आउनु भएको कर्ण बिक ले पनि एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले शिवालय वडा दलित सदस्य रहेका बि क २०७७ साल कात्तिक २२ गते नेकपा एमाले परित्याग गरेर काँग्रेसमा प्रवेश गरेका हुन ।

माओवादी पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नेहरुमा वडा कमिटी सचिव डिल बहादुर केसी, शिक्षक संगठन जिल्ला कमिटि सदस्य चन्द्र बहादुर केसि, वडा कमिटी सदस्यहरु प्रेम बहादुर क्षेत्री, रत्न बहादुुर क्षेत्री, गाउँ कमिटी सदस्यहरु सुमन कुमार खत्री, लक्ष्मी केसी, युवा संघ जिल्ला कमिटी सदस्य पुर्ण बहादुर बुढा सहित ३ दर्जन बढिले एमालेमा प्रवेश गरेका छन्।

प्रदेश सभा सदस्य करविर शाही निबर्तमान गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाही गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रंगनाथ योगीले उहाँहरुलाई टीका खादा लगाएर एमालेमा स्वागत गर्नुभएको थियो।

प्रकाशित मिति: २०२२-०५-०९ , समय : १३:३४:१५ , ११ महिना अगाडि