Salyan Paribesh , ८९१ पटक हेरिएको

जाजरकोट/खलंगा,बैशाख,२७ दिल बिक्रम शाही
बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रम जाजरकोटको खलंगामा सम्पन्न भएको छ। उक्त कार्यक्रम गनेश बानियाँले संचालन गरेका हुन्।कार्यक्रममा विभिन्न राजनितीदलका नेता,कानुनी सल्लाहकार,पत्रकार,रेडियो संचारकर्मी,संस्थाका अब्बल ब्यक्तिको सहभागिता रहेको थियो।
कार्यक्रममा कर्णाली प्रदेशका ९ पार्टी बसेर तयार पारेको प्रतिबद्धमा यस्तो लेखिएको छ।
-बालबालिका र बिद्यालय शान्तीक्षेत्र हुन् भन्ने अवधारणलाई आत्मसात गर्दै बिद्यालयमा राजनीतिकदलका कुनै पनि कार्यक्रम संचालन गर्दैनौं
-बालबालिका र शिक्षकलाई कुनै पनि प्रकारका राजनीतिक गतिविधिहरु धर्ना जुलुस आमसभा जस्ता कार्यक्रममा सहभागी गराउदैनौ।साथै बिद्यालय तहमा राजनितिक दलका भातृसंगठनहरुको गठन गर्दैनौं।
-बालबालिकालाई राजनिती तवरले पक्ष विपक्षमा सहभागी गराउने र दलका बिचार ब्यक्त गर्न लगाउदैनौ।
-राजनिती दल र नेतृत्वले व्यक्त गर्ने बिचार स्वस्थ आलोवनाहरु गर्दा बालबालिका महिला लैङ्गकि तथा यौगिक अल्पसंख्यक समुदायलाई प्रत्येक्ष असर पुग्ने भनाइ ,उखान टुक्काहरुको प्रयोग गर्दैनौं।
-परिवार समाज र बिद्यालयमा कुनैपनी बहानामा बालबालिका विरुद्ध कुनैपनी किसिमका शारीरिक सजाय मानसिक हिंसा शोषण दुर्व्यवहार र भेदभाव हुन दिदैनौ।
नागरिक समाजले बालबालिकाको लागि “शिक्षा सुधार योजना देउ:मेरो एक भोट तिमी लेउ”भन्ने जनचेतना मुलक नारा राखेको छ ।कार्यक्रम बालबालिकालाई निर्वाचन प्रचारप्रसार कार्यक्रम सहभागी गराएको पाइएमा आचारसंहिता हुने र यसता निर्वाचन आचारसंहिताको पालनामा ध्यान दिनै पर्ने पाँच कुराहरू यसरी प्रस्तुत गरेको थियो।
१)निर्वाचन प्रचारप्रसारमा बिद्यालय,शिक्षक,कर्मचारी ,बिद्यालयको सवारीसाधन,भवन प्रयोग गर्न नहुने,प्रचारप्रसार सामाग्री टाँस्न वा राख्न नहुने (निर्वाचन आचारसंहिता बुँदा ४ र ९ )
२)निर्वाचन प्रचारप्रसार ,आमसभा तथा १८ बर्ष पूरा नभएका बालबालिकालाई प्रयोग गर्न नहुने(निर्वाचन आचारसंहिता बुँदा ४र१२ )
३निर्वाचन प्रचारप्रसारमा गैरसरकारी तथा निजि संस्था ,पदाधिकारी,कर्मचारी ,संस्थाका सवारी साधन,भवन प्रयोग गर्न नहुने, प्रचारप्रसार सामाग्री टाँस्न वा राख्न नहुने (निर्वाचन आचारसंहिता बुँदा नं ११)
४)बिद्यालय, गैरसरकारी तथा निजि संस्थाका शिक्षक,कर्मचारी ,पदाधिकारीले सामाजिक संजाल प्रयोग गरेर राजनितिक दल वा उम्मेदवारको पक्ष बिपक्षमा प्रचार गर्न,मत माग्न नपाइने।(निर्वाचन आचारसंहिता बुँदा नं९र११ )
५)आचारसंहिता उल्लंघन सम्बन्धि उजुरी जो कसैले मौखिक,लिखित ,सामाजिक संजाल,बिद्युतिय माध्यम वा अन्य कुनै तरिकाले निर्वाचन आयोग तथा कार्यलयमा दिन सक्ने।उजुरीकर्ताले चाहेमा नीजको नाम गोप्य रहने।(निर्वाचन आचारसंहिता बुँदा ३९ )
मा राखेको छ।बाल अधिकार हकहरुको बिषयमा छलफल सहित कार्यक्रम सप्पन्न भएको छ।
प्रकाशित मिति: २०२२-०५-१० , समय : १८:५६:३२ , १ वर्ष अगाडि