Salyan Paribesh , ४७६ पटक हेरिएको

भेरी नगरपालिका १ रावत गाउ जाजरकोट घर भै हाल रोजगारको सिलसिलामा साउदी अरब पुगेका आयुश राणा १८ महिना देखि मृत्यु संग लडिरहेका छन। उनि डिसेम्बर १६ / २०१९ मा साउदी पुगे लगतै छारे रोग जस्तै लक्षण देखा परे पछि दिन प्रति दिन थालिदै गए उपचारको लागी उनि संग पैसा पनि भएन र घर फर्किन्छु भन्दा कम्पनि ले छुट्टी दिएन नत उन्लाई बिदेश पठाउने ललितपुरको न्यु वल्ड ओभर्जिस मेनपावर ले नै नेपाल झिकाउन सक्यो।
आयुश राणा लाई पेट दुख्ने बिरामी भएपनि डाक्टरका अनुसार जटिल रोग भने नभएको जनाए पनि उनलाई प्रत्यक्ष भेटेका साउदी अरेबियामा हामी नेपाली ग्रुपमा एडमिन सिके चुदालीका अनुसार पेट दुखेर छटपटी रहेको बताउनुभएको छ। उहाँका अनुसार रानालाई शुरुमा वाकवाकी लाग्ने ,भोमिट होला जस्तो हुने ,पेट दुख्ने र पेट दुखीसके पछी होश नहुने छट्पटी गर्ने , बेहोस हुने गरेको रहेछ। उनलाई नेपाल उद्वार गर्नु भन्दा पहिला उपचार अवस्यक रहेको बताएको छ।
बिरामीको अबस्था जटिल रहेको हुदा दूतावासलाई समन्वय गरेर उपचार गर्न एनआरएएन साउदी तयार रहेको र सेल्टरमा राखिने बताउनुभयो।बिरामी रानाको कम्पनी बेखबर ,अकमा नभएको र तोकल्ना एप नि नभएको हुदा उपचार गर्न गाह्रो रहेको पाएको छ।रानाको बारे साउदी स्थित एनआरएनए लगायत संघ/संस्था तथा सामाजिक ब्यक्तित्वले जेद्वा स्थित महाबाणिज्य राजदूतावासलाई उद्वारकोलागि अनुरोध गरेका छन् ।
प्रकाशित मिति: २०२२-०१-२२ , समय : १९:५८:५२ , २ वर्ष अगाडि