मतदान केन्द्रभित्र यी कुराहरु गर्न निषेध

Salyan Paribesh , ६६९  पटक हेरिएको

बैशाख ३० गते शुक्रबार देशभरका स्थानीय तहको निर्वाचन शुरु भइसकेको छ। बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा आफ्नो मत दान गर्न सोभन्दा अगाडि नै लाइन बस्न सुरु भइसेको छ।

 

तपाईंमध्ये काेही मतदान केन्द्रमा लाइन बसिराख्नु भएको छ होला र कतिपय जाने तरखरमा हुनुहुन्छ होला। योबेला मतदान केन्द्रमा के गर्न पाइँदैन भन्ने कुरा थाहा पाउन जरूरी छ।

  • मोबाइल, क्यामेराजस्ता फोटो खिच्ने सामग्री लग्न निषेधित छ।
  • सलाई र लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ
  • मतदान केन्द्रमा कुनै पनि प्रकारका हात हतियारहरु लग्न निषेध गरिएको छ।
  • नमूना मतपत्रलगायतका कागजात लग्न पाउनुहुने छैन।
  • र कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै वस्तु बोक्न आयोगले निषेध गरेको छ।

प्रकाशित मिति: २०२२-०५-१३ , समय : ०३:०८:४५ , ११ महिना अगाडि