निर्वाचनका लागि करिब दुई लाख पचास हजार सुरक्षाकर्मी तैनाथ, ३० मिनेटभित्र पुग्ने गरी सेनाकाे व्यवस्थापन

Salyan Paribesh , १०४१  पटक हेरिएको

स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीहरु खटिएका छन् ।

गृह मन्त्रालयका अनुसार निर्वाचनको सुरक्षा केन्द्रित सुरक्षाकर्मीहरुको संख्या २ लाख ३० हजारभन्दा माथि छ। एक लाख म्यादी प्रहरी, ६० हजारभन्दा बढी नेपाल प्रहरी, ७० हजार नेपाली सेना निर्वाचन सुरक्षामा खटिएका छन् ।

मतदानस्थलको सुरक्षाको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी छन् भने सबैभन्दा बाहिरी घेरामा नेपाली सेना छन् ।

मतदानस्थलको सुरक्षा चुनौती अनुसार नेपाली सेना बढीमा ३० मिनेटभित्र त्यहाँ आइपुग्ने गरी सुरक्षा व्यवस्थापन गरिएको छ ।

सुरक्षा संवेदनशीलताअनुसार मतदानस्थललाई अति संवेदनशील,संवेदनशील र कम संवेदनशील गरी तीन भागमा बाँडिएको छ। अति संवेदनशील मतदानस्थलमा कम्तिमा ३ जना नेपाल प्रहरी र ८ जना म्यादी प्रहरी, संवेदनशीलमा ३ जना नेपाल प्रहरी र ६ जना म्यादी प्रहरी तथा कम संवेदनशीलमा तीन जना नेपाल प्रहरी र ५ जना म्यादी प्रहरी हुनेछन् ।

प्रत्येक मतपेटिका नजिकै एक जना नेपाल प्रहरी र दुई जना म्यादी प्रहरी हुनेछन् ।

मतदानस्थलभित्र खटिने नेपाल प्रहरीका तीनैजना कर्मचारीसँग हतियार हुनेछ ।

प्रकाशित मिति: २०२२-०५-१३ , समय : ०३:१३:५३ , २ वर्ष अगाडि