Salyan Paribesh , ११७५ पटक हेरिएको

सल्यान, ३१ बैशाख ।
सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर १ मा गठबन्धनबाट चुनाव लडेका माओबादी केन्द्रका बालाराम खड्का बिजयी भएका छन । माओबादी केन्द्र र एकीकृत समाजबादिको तालमेलबाट चुनावी प्रतिस्पर्धामा रहेका उनले ४४५ मत ल्याएर फेरि पनि अर्को पांच बर्षको लागि वडा अध्यक्ष पदमा बिजयी भएका हुन । २०७४ को चुनावमा पनि खड्का वडा अध्यक्षमा नै बिजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका तेज बहादुर रानाले ३८५ मत प्राप्त गरेका छन । नेपाली कांग्रेसका हिरालाल घर्तीले ११८ मत पाएका छन ।
यस वडामा जम्मा एक हजार १३ मत खसेको थियो । गाउँपालिका अध्यक्ष तर्फ यो वडामा गठबन्धनका तर्फबाट एकीकृत समाजबादिका दुर्गा बहादुर पुनले ४३७ मत ल्याएर अग्रता कायम गरेका छन । यस्तै उपाध्यक्षमा पनि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले ४२७ मतका साथ अग्रता लिएका छन ।
यस्तै एमालेको तर्फबाट अध्यक्षमा भिम बहादुर सेनले ३८० र उपाध्यक्षमा भिमा बुढाथोकीले ३८३मत प्राप्त गरेकी छिन भने कांग्रेसको तर्फबाट अध्यक्षमा बिष्णु प्रसाद शर्माले ११५ र उपाध्यक्षमा ओकी महताराले ११६ मत प्राप्त गरेकी छिन । राष्ट्रिय जनमोर्चाका तुल्सिराम योगीले भने १ मत मात्रै प्राप्त गरेका छन ।
प्रकाशित मिति: २०२२-०५-१४ , समय : ०९:०२:४५ , २ वर्ष अगाडि