राप्रपाले २५ वर्षपछि जुम्लामा दुई वडा सदस्य विजयी

Salyan Paribesh , १२६६  पटक हेरिएको

सल्यान/ बैशाख, ३१ , राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ वर्षपछि पहिलोपटक जुम्लामा चुनावी जित हासिल गरेको छ ।
जिल्लाको कनकासुन्दरी गाउँपालिका–१ मा राप्रपाबाट दुई वडा सदस्य विजयी भएका हुन् । पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले दिएको जानकारीअनुसार राप्रपाबाट मानबहादुर कठायत र बिजुली बुढा वडा सदस्य निर्वाचित भएका छन् ।

उनीहरु दुवैले समान ३६८ भोट ल्याए । राप्रपाले जुम्लामा २०५४ सालदेखि यता कुनै चुनाव जितेको थिएन । अघिल्लो स्थानीय चुनावमा पार्टीले जिल्लाभरिबाट ८६३ भोट ल्याएको थियो ।

प्रकाशित मिति: २०२२-०५-१४ , समय : १०:५४:१९ , २ वर्ष अगाडि