साउदी देखि ५५७७६,दुवै देखि ५ हजार सहयोग रकम सल्यानका मुटुरोगि बिजय घर्तीलाई हस्तान्तरण

Salyan Paribesh , १५६२  पटक हेरिएको

सल्यान/ बैशाख,३१- तुला राम डाँगी क्षेत्रि
बागचौर नगरपालिका वडा न: १० स्थित १९ बर्षीय बिजय घर्तिका लागि साउदीको रियाद देखि पचपन्न हजार सात सय छेहत्तर (५५७७६) रुपिया, र दुवै देखि पाच हजार गरि साठी हजार सात सय छेहत्तर रकम जम्मा गरि बिरामी बिजय घर्तिको खातामा रकम जम्मा गरिएको छ।

तुला राम डाँगी क्षेत्रिको सक्रियतामा साउदी अरब स्थित रियादमा रहेको अलयामामा कम्पनि मा कार्यरत नेपालि दाजु भाइ देखि लिएर बंगलादेश, श्रीलंका, भारत, पाकिस्तानी दाजुभाइ सबै संग सहयोग रकम बाह्र सय रियाल (S/R 1200 ) उठेको थियो भने रियाद स्थित हिमाल घिसिङ्ग को सक्रियतामा पाच सय रियाल (S/R 500 ) गरि पचपन्न हजार सात सय छेहत्तर (५५७७६) रुपिया, र दुवै देखि ओम सरन शाह बाट ५ हजार गरि टोटल साठी हजार सात सय छेहत्तर रकम जम्मा भएको थियो।


उक्त सहयोग रकम संकलन गर्न तुला राम डाँगी क्षेत्रिलाइ सिता राम थारु, भिम ब. खडकाले साथ् दिएका थिए। तुला राम भन्छन यस्तै गरि अन्य मुलुकहरु बाट पनि दाजुभाइ दिदि बहिनिहरुले सहयोग गरिदिए असक्त परिवारमा केहि राहत मिल्थ्यो कि ? त्यसैले तपाइहरु पनि जुट्नुस एक – एक रुपिया जम्मा गरि हजार हुन्छ, तपाइको एक रुपियाले गर्दा कसैले जिबनादान पाउछ भने त्यो भन्दा धर्म अरु के नै हो र।

अंतत- धन्याबाद तपाइँ सम्पुर्ण सहयोगी मनहरुमा

प्रकाशित मिति: २०२२-०५-१४ , समय : १७:२९:२१ , ११ महिना अगाडि