कपुरकोट गा.पा.वडा न:३ मा नेपालि काङ्ग्रेशबाट प्रदिप खड्काको प्यानलनै बिजयी

Salyan Paribesh , १५४२  पटक हेरिएको

सल्यान/ जेठ,१- तुला राम डाँगी क्षेत्रि
कपुरकोट गाउँपालिकाको वडा नम्बर ३ को अध्यक्षमा प्रदिप खड्का बिजयी भएका छन । जम्मा खसेको मत १३५८ मध्ये उनले ५४० मत ल्याएर निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्दी एमालेका टिकाराम बुढाथोकीले ५०४ मत प्राप्त गरेका छन । यस्तै माओबादी र समाजबादिको गठबन्धनबाट उम्मेदवार बनेका समाजबादिका कृष्ण बुढाथोकीले १९७ मात्रै मत प्राप्त गरेका छन ।

यस्तै महिला सदस्य , दलित महिला सदस्य र खुल्ला सदस्यमा पनि कांग्रेसकै जित हांसिल छ ।

कपुरकोट गाउँपालिकामा हालसम्म वडा नं १,२ र ३ गरेर जम्मा ३४८८ मत गणना सम्पन्न भएको छ । जसको परिणाम अन्तर्गत गाउँपालिका अध्यक्ष पदमा एमालेका भिम बहादुर सेनले १३७८ मत, कांग्रेसका बिष्णु प्रसाद शर्माले ७२९ मत, गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका दुर्गा बहादुर पुनले ११३६ र राष्ट्रिय जनमोर्चाका तुल्सिराम योगीले १८ मत प्राप्त गरेका छन ।

उपाध्यक्ष पदमा एमालेका भिमा बुढाथोकीले १३३७ मत, कांग्रेसका ओकी महताराले ६४६ , गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १२५३ मत प्राप्त गरेका छन ।


प्रकाशित मिति: २०२२-०५-१५ , समय : ०५:४५:४९ , २ वर्ष अगाडि