सल्यानका ३२ वडाको मत परिणाम सार्वजनिक : काँग्रेस १४, माओवादी १३ र एमाले ५ वडामा विजयी

Salyan Paribesh , ७३१  पटक हेरिएको

सल्यान टुडे, सल्यान १, जेठ ।

सल्यानका ३२ वटा वडाहरुको मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका ८३ वटा वडाहरु मध्ये ३२ वडाको मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडाहरुको मत गणना भैरहेको छ । प्राप्त विवरण अनुसार नेपाली काँग्रेसले १४ वटा वडाहरुमा जित हाँसिल गरेको छ भने नेकपा माओवादी केन्द्रले १३ र नेकपा एमालेले ५ वटा वडाहरुमा जित निकालेको छ ।

जसमा नेपाली काँग्रेसका तर्फबाट त्रिबेणी गाउँपालिका १ मा दलबहादुर बस्नेत, शारदा नगरपालिका १ मा प्रदिप पाण्डे, शारदा नगरपालिका २ मा सविन हमाल, शारदा नगरपालिका ३ मा तुलसा भण्डारी, छत्रेश्वरी गाउँपालिका १ मा प्रकाश हमाल, कुमाख गाउँपालिका २ मा इश्वरी शाही, बागचौर नगरपालिका १२ मा टिकाराम वली, बागचौर नगरपालिका ११ मा केश बहादुर भण्डारी, बन्गाड कुपिण्डे नगरपालिका १ मा थुम बहादुर विसी, बन्गाड कुपिण्डे नगरपालिका १२ मा लाल बहादुर घर्ती, कपुरकोट गाउँपालिका ३ मा प्रदिप खड्का, त्रिबेणी गाउँपालिका ३ मा कर्णदेव डाँगी, कुमाख गाउँपालिका ३ मा केवल राणा र शारदा नगरपालिका ५ मा प्रदिप शाही विजयी हुनुभएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट कुमाख गाउँपालिका १ मा डिल्ली राना, कुमाख गाउँपालिका ७ मा डम्बर शाही, कपुरकोट गाउँपालिका १ मा बालाराम खड्का, दार्मा गाउँपालिका १ मा टंक वली, कुमाख गाउँपालिका ६ मा कर्ण बहादुर बिक, सिद्धकुमाख गाउँपालिका १ मा रमेश चलाउने, बन्गाड कुपिण्डे नगरपालिका २ मा मान बहादुर खत्री, कालिमाटी गाउँपालिका ६ मा टेकराज पुलामी मगर, बागचौर नगरपालिका ६ मा ज्ञान बहादुर वली, कुमाख गाउँपालिका ५ मा पदम बुढा, दार्मा गाउँपालिका २ मा सार्के खत्री, छत्रेश्वरी गाउँपालिका २ मा प्रेम पहाडी र सिद्ध कुमाख गाउँपालिका २ मा मेक बहादुर बुढाथोकी विजयी हुनुभएको छ ।

यस्तै नेकपा एमालेका तर्फबाट कालिमाटी गाउँपालिका ४ मा बेल बहादुर चन्द, त्रिबेणी गाउँपालिका २ मा हस्त बहादुर राम्जा, कालिमाटी गाउँपालिका ५ मा टोप बहादुर कार्की, कपुरकोट गाउँपालिका २ मा इश्वर बुढा र शारदा नगरपालिका ४ मा किशोर कुमार हमाल विजयी हुनुभएको छ । जिल्लामा नेकपा एकीकृत समाजवादी र राप्रपाले भने केही वडा सदस्य जितेका छन् ।

जिल्लाभर १ लाख ५७ हजार ७ सय १५ मतदाता रहेकोमा १ लाख ८ हजार ९ सय तीन जनाले मतदान गरेका थिए । जिल्लाका सबै मतगणना स्थलमा सिसि क्यामरा र तारजाली राखिएको छ । यस पटक जिल्लामा ४ सय ३५ पदका लागि एक हजार ४ सय ८१ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
बराबर मत आएपछि गोलाप्रथा, राप्रपाका श्रेष्ठ विजयी
सल्यानमा दुई जना वडा सदस्यको मत बराबर आएपछि गोलाप्रथाबाट निर्वाचित गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ३ मा खुल्ला वडा सदस्यका लागि राप्रपाका मधुदास श्रेष्ठ र एमालेका नेत्र बहादुर बुढाथोकीको मत बराबर आएपछि गोलाप्रथा गरिएको हो ।

गोलाप्रथाबाट राप्रपाका श्रेष्ठ विजयी भएको मुख्य निर्वाचन अधिकृत कुल प्रसाद पाण्डेले जानकारी दिनुभयो । दुवैले समान १ सय ७५ मत ल्याउनुभएको थियो । शारदा नगरपालिका ३ मा वडाध्यक्षमा भने कांग्रेसका तुलसा भण्डारी विजयी हुनुभएको छ ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : ११:१६:०४ , २ वर्ष अगाडि