थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि

Salyan Paribesh , ५०३  पटक हेरिएको

२९ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

१० हजार ४९८ पीसीआर परीक्षण गर्दा दुई हजार ९२२ जनामा र चार हजार ५८३ एन्टिजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म आठ लाख ४१ हजार २९७ संक्रमित भएका छन् । आज एकजनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१० पुगेको मन्त्रालयले जनाएको छ । आज २७१ जनाले कोरोना जितेका छन् भने १४ हजार २४० सकृय संक्रमित छन् ।

प्रकाशित मिति: २०२२-०१-१३ , समय : १२:२३:३६ , १ वर्ष अगाडि