सभापति प्रदिप खड्काको प्रमुख अथित्यतामा दमारखोला र टेकनडाडामा टोल कार्य समिति चयन

Salyan Paribesh , १३१५  पटक हेरिएको

कपुरकोट/ माघ- ९- तुला राम डाँगी क्षेत्रि
नेपाली कांग्रेस कपुरकोट गाउँपालिका वडा नं ३ को वडा कार्य समितिको सक्रियता मा आज कपुरकोट गाउँपालिका को दमारखोला मा २१ सदस्सिय टोल कार्य समिति चयन गरिएको छ जस्को अध्यक्षमा अर्जुन पुन र सचिव मा सबिन बि क हुनुहुन्छ यस्तै गरि आजै टेकनडाडा टोल मा पनि ९ सदस्सिय टोल कार्य समिति चयन गरिएको छ जस्को अध्यक्षमा नबिन वलि, सचिव मा बेद बहादुर डाँगी रहनु भएको छ ।

उक्त टोल समिति गठन कार्यक्रम मा नेपाली कांग्रेस क्षेत्र नं २ का पुर्ब क्षेत्रिय सभापति दुर्गा बहादुर गिरी, नेपाल शिक्षक महासंघ कर्नाली प्रदेस का उपमहासचिव बामदेव अधिकारि , नेपाल शिक्षक महासंघ कपुरकोट गाउँपालिका का अध्यक्ष स्याम कुमार के सि, क्षेत्रीय प्रतिनिधि हरु बिस्नु प्रसाद सर्मा मिन कुमारी बुढाथोकी, जुद्ध बहादुर डाँगी, ङङे्नद्र‌ घर्ती,मान वहादुर बि क,पुर्ब जिल्ला कार्य समिति सदस्य चन्द्र प्रकाश बुढा ,कमल घर्ती लगायतका नेताहरु ले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

नेपाली कांग्रेस कपुरकोट गाउँपालिका वडा नं ३ का वडा कार्य समिति सभापति प्रदिप खड्का को प्रमुख अथित्यता मा भएको कार्यक्रम को सहजिकरण बडा कार्य समिति सचिव टिकाराम बुढाथोकी ले गर्नुभएको थियो।

प्रकाशित मिति: २०२२-०१-२३ , समय : १६:४९:४८ , २ वर्ष अगाडि