सल्यानमा विजय उत्सवकाे र्यालीमा जादै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

Salyan Paribesh , १०६७  पटक हेरिएको

सल्यान/जेठ, २
जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको विजयी र्यालीमा जादै गरेकाहरुलाई गाडीमा करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाई विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।

रागेचौर प्रहरीका अनुसार छतमा बसेकाहरुले विद्युतको तारले छुँदा घटना भएको हो । मृत्यु हुनेमा कुमाख गाउँपालिका १ स्यानीपिप्लीका २६ वर्षीय लोकेन्द्र राना र वडा नम्बर ४ कोर्तीका २३ वर्षीय गोपाल बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी घाइते हुनेहरुमा १६ वर्षीय हिमाल राना, २१ वर्षीय नविन रावत, १६ वर्षीय विनोद बुढा, १३ वर्षका महेन्द्र रावत, १४ वर्षका निखिल विक, १५ वर्षका लोकमनी बुढाथोकी, १६ वर्षका प्रकाश बुढाथोकी, १४ वर्षका निरज बुढाथोकी, १४ का डिल्ली बुढाथोकी, १३ का सोलन बुढाथोकी, १५ का हेमन्त बुढाथोकी, १४ का प्रकाश शाह, १७ वर्षका हेमन्त विक र १९ वर्षका गिहिन्द्र विक रहेका छन् ।

प्रकाशित मिति: २०२२-०५-१६ , समय : ०८:००:०७ , १ वर्ष अगाडि