Salyan Paribesh , १२२३ पटक हेरिएको

जाजरकोट/ जेठ,३-दिल बिक्रम शाही
शिवालय जाजरकोटको शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका गीता कुमारी शाही निर्वाचित भएका छन्।
नेपाली काँग्रेसका शाहीले ३ हजार ३ सय ३ मत ल्याएर बिजय भएका छन् ।उनका प्रतिस्पर्धी नेकपा एमालेका रंगनाथ योगीले २ हजार ७ सय १८ मत ल्याएका थिए । कांग्रेसका शाहीले ५ सय ८५ को मतान्तरमा बिजय हासिल गरेको शिवालय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका गीता शाहीले २ हजार ६ सय ५९ मतले ल्याएर बिजय भएकी हुन् ।एमालेको नैनसरा शाहीले २ हजार ४ सय २९ मत ल्याउदा शाही गिताले २ सय ४० मतको फराकिलो अन्तरले बिजय हासिल गरेकी छन् ।
प्रकाशित मिति: २०२२-०५-१७ , समय : १०:३०:२३ , २ वर्ष अगाडि