Salyan Paribesh , ८४८ पटक हेरिएको

दुर्गा विसि/जेष्ठ,०३
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा भारि मतका साथ मेयर कर्णवहादुर वुढाथाेकि (छहारी) र उप मेयरमा पुरुषाेम आचार्य निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएकाे छ ।
छाहारिका प्रतिद्वन्दी नेकपा एमालेका गाेविन्द कुमार पुनलाई २७४६ र गठबन्धन नेपाली कांग्रेसका उपमेयरका उम्मेदवार आचार्यले स्वतन्त्र उम्मेदवार दिपेन्द्र विष्टलाइ १५५५ मतकाे फराकिलो अन्तरले पछि पार्दै विजय भएका छन् ।
नगरकाे अन्तिम गणनामा परेकाे वडा नं ७ बाट नेकपा माअाेवादि केन्द्रका जीवन सिंह ठकुरि विजय भएका छन् ।उनका प्रतिद्वन्दी नेकपा एमालेका प्रकाश वस्नेतलाइ ९५ मतकाे अन्तरले पछि पार्दै ठकुरी विजय भएको निर्वाचन कार्यालयले जनाएको छ ।
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नं ७ को जम्मा १३०७ काे अन्तिम मत गणना हुदाँको मतपरिणाम मेयर माओबादि केन्द्र (गठबन्धन)कर्णवहादुर वुढाथाेकि (छहारि)-७४६६,एमाले गाेविन्द कुमार पुन-४७२० राप्रपा शिव वहादुर वलि-३२३ राप्रपा नेपाल वालाराम शर्मा-६ उप मेयर गठबन्धन नेपाली कांग्रेस पुरुषाेतम आचार्य-५७३५ एमाले /स्वतन्त्र तर्फबाट दिपेन्द्र विष्ट-४१८०,राप्रपा सृष्टि शाह-२७८ ,मत प्राप्त गरेका छन् ।
वडा अध्यक्षमा उप मेयर गठबन्धन नेपाली कांग्रेस पुरुषाेतम आचार्य-५६११ एमाले /स्वतन्त्र तर्फबाट दिपेन्द्र विष्ट-४१३० राप्रपा सृष्टि शाह-२६८ रहेको छ । वडा अध्यक्ष नेकपा माओवादी केन्द्र/एस/नेपाली कांग्रेस बाट जीवन सिंह ठकुरी-६६६, नेकपा एमालेबाट प्रकाश् वस्नेत-५७१ राप्रपा भिमवहादुर वलि-४,मत रहेको छ ।
सदस्य तर्फबाट विजय हुनेमा गठबन्धनका नेपाली कांग्रेसबाट सीता साहु ६५७,वहादुर कँवर ६१६,नेकपा समाजवादीका पुष्कर विसि ६२१,र नेकपा माओवादी केन्द्र सीता परियार ६५७ विजय भएका छन् ।१२ वटै वडाकाे मतगणना सम्पन्न भएको छ ।
त्यसैगरी वडा अध्यक्षहरुमा वडा न १ नेपाली काङ्ग्रेस थुम बहादुर विसि २ न वडामा माओवादी केन्द्र मानबहादुर खत्री, ३ न वडामा माओवादी केन्द्रका धनबहादुर पुनमगर, ४ न वडामा एमाले पुष्कर बुढा, ५ न वडामा माओवादी पिउमले खत्री, ६ न वडामा समाजवादी गणेश विसि, ८ न वडामा माओवादी कुलबहादुर पुरी, ९ न वडामा रुद्र परियार, १० न वडामा एमाले मोते घर्ती, ११ न वडामा माओवादी केन्द्र बिरबहादुर बुढामगर १२ न वडामा नेपाली काङ्ग्रेस लालबहादुर घर्ती र ७ न वडामा माओवादी केन्द्रका जीवन सिह ठकुरीले बिजय हासिल गरेका छन ।
बनगाड कुपिण्डे नगरपालिका जम्मा २०९९६ मत मध्य १४२०८ मत खसेको थियो ।
प्रकाशित मिति: २०२२-०५-१७ , समय : १३:५०:५४ , २ वर्ष अगाडि