Salyan Paribesh , १००७ पटक हेरिएको

सल्यान/ जेष्ठ/३
नेकपा एमालेको फुटको असर कर्णालीको सल्यानमा परेको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा १ खहरेखोला निवासि नेकपा समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाको वडामा समाजवादीले हार व्यहोर्नुपर्याे ।
यस अघि एमालेको लालकिल्ला मानिएको वडा १ मा नेपाली कांग्रेसले उक्त फाइदा उठाउन पुगेको छ । त्यसैगरी कर्णाली प्रदेशकै नेकपा एमालेका अर्का चर्चित नेता गुलाव जंग शाहको वडा ७ पनि एमालेले लज्जास्पद हार व्योहोर्नु पर्याे ।
उक्त वडा पनि एमालेको किल्ला, गढ मानिन्छ । एमाले कर्णालीको दुई नेताको झगडाले मूर्तरुप लिएपछि नेकपा विभाजनको एउटा कारण यसलाई पनि मान्न सकिन्छ । यी दुई नेताको टकारावले नेकपा एमाले २ वडामै सिमित रहेको छ भने एउटा वडा समाजवादीले जितेको छ ।
केन्द्रीय प्रभाव जमाउने यी नेताहरु आफनै क्षेत्रमा नराम्ररी पछारिए । शाहको वडामा एमालेलाई पराजित गर्न ४ दल नेपाली कांग्रेस, नेकपा समाजवादी, राप्रपा र माओवादी केन्द्रको एलाइन्स बन्यो भने एमाले उक्त वडामा सिङ्गल भिड्यो ।
माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार जीवन सिंह ठकुरीको टिमले उक्त वडामा एमाले किल्लिन स्विप पार्न सजिलो भयो । ९५ मतको फरकले ठकुरीले एमाले उम्मेदवार प्रकाश वस्नेतलाई पराजित गरे ।
प्रकाशित मिति: २०२२-०५-१७ , समय : १३:५९:४० , २ वर्ष अगाडि