कपूरकोट गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुको शपथ, पदवहाली कार्यक्रम सम्पन्न

Salyan Paribesh , १६८५  पटक हेरिएको

सल्यान/ जेठ,६- तुला राम डाँगी क्षेत्रि
कपूरकोट गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुको शपथ, पदवहाली कार्यक्रम आज (शुक्रबार) सम्पन्न भएको छ । साथै निवर्तमान जनप्रतिनिहरुलाई सम्मान पनि गरिएको छ । कार्यवाहक गाउँपालिका अध्यक्ष श्री मिन बहादुर सेन ज्युको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष श्री दुर्गा बहादुर पुन ज्युले नवनिर्वाचित उपाध्यक्ष श्री प्रकाश भण्डारी, ६ वटै वडाका वडा अध्यक्षज्युहरु तथा वडा सदस्य हरुलाई सपथ खुवाउनुभएको थियो ।

यस्तै कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा मगर, एकिकृत समाजवादीका केन्द्रीय सदस्य भद्रसिंह बुढा, गाउँपालिका अध्यक्ष पदका प्रत्यासीहरु विष्णु प्रसाद शर्मा, तुल्सीराम योगी, एमालेको तर्फबाट रुपक बुढा, कांग्रेसको तर्फबाट यगराज वली, माओवादी केन्द्रको तर्फबाट मान बहादुर बुढाथोकी, एकिकृत समाजवादीका टोपेन्द्र केसी, वडा नं ५ का निवर्तमान वडा अध्यक्ष यम कुमार वस्नेत लगाएतले मन्तवय राख्नुभएको थियो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका निर्वाचन अधिकृत हेमन्त ज्ञवाली, कर्मचारी, प्रहरी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीज्युको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन अधिकृत सातौँ मोहन खड्काज्युले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०५-२० , समय : १६:२७:२९ , १ वर्ष अगाडि