उसका यादहरु मुटुमा,एक प्याक गिलासमा।। भरत रोकाय

Salyan Paribesh , ६२८  पटक हेरिएको

कसैको पनि नहोस समय बैगुनि कुनै समय।
बरु सम्झना लायक होस यो जुनि कुन‌ै समय।

पश्चातापमा देशकै नक्सा आगो लगाउनु पर्यो।
राख्न त राखिन्थ्यो नि,सिरानी मुनि कुनै समय।

समय बिताएर पो मायाजाल बुनिन्छ अहिले।
हामी बिताउथ्यौँ मायाजाल बुनि कुनै समय।

कोही प्रेमिकालाई सम्झेर रुन्छ भने रुनदेउ।
आउनेछ आमालाई सम्झेर रुनि कुनै समय।

लेखेको पाइन्छ,देखेको पाइदैन जिवनमा।
उपाय यहिँ थियो खुसि हुनि कुनै समय।

उसका यादहरु मुटुमा,एक प्याक गिलासमा।
अनि बन्थ्यो वातावरण मन छुनि कुनै समय।

भरत रोकाय
सल्यान

प्रकाशित मिति: २०२२-०५-२१ , समय : ०९:३०:३७ , ९ महिना अगाडि