बलात्कारसम्बन्धी अपराधमा हद म्याद फेर्न अलमल गर्नुहुँदैन : महामन्त्री शर्मा

Salyan Paribesh , ९७८  पटक हेरिएको

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कारसम्बन्धी अपराधमा हद म्यादको व्यवस्था विना अलमल फेर्नुपर्ने बताएका छन् । उनले पछिल्लो समय सार्वजनिक भएको घटनामा सरकारले अनुसन्धान सुरु गरिसकेकाले त्यसबाट अन्यायको अनुभूति हुने कुनै आभाष हुन दिन नहुने बताए ।

महामन्त्री शर्माले शनिबार सामाजिक सन्जालमा टिप्पणी गर्दै जनताले आवश्यक पर्दा राज्य सत्ता र संविधान समेत बदलेका भन्दै जनताका लागि पर्दा राज्यको सोच र कानुन बदल्न आवश्यक हुने बताए ।

‘कानुनका लागि न्यायलाई बलि दिने कि न्यायका लागि कानुन बदल्ने ? द्विविधाको प्रश्नै छैन । बलात्कार जस्तो जघन्य अपराधमा कार्वाही गर्न हदम्यादको कानुनी जटिलता, बिना अलमल बदल्नु पर्छ,’ शर्माले लेखेका छन्, ‘राज्यले शुरु गरेको अनुसन्धानले न्यायको आवाजलाई अन्यायको अनुभुती हुन किमार्थ दिनुहुन्न ।’

#कान्तिपुर संवाददाता

प्रकाशित मिति: २०२२-०५-२१ , समय : ११:४२:५२ , २ वर्ष अगाडि