अबरुद्ध कपुरकोट–तुलसीपुर सडक खुल्यो, तर ट्रिपर सञ्चालन गर्न नदिइने

Salyan Paribesh , १७०३  पटक हेरिएको

सल्यान, ७ जेठ ।
ट्रिपरको ठक्करबाट सल्यान कपुरकोटका एउक युवको मृत्यु भएपछि स्थानीयले बन्द गरेको कपुरकोट–तुलसिपुर सडकखण्ड शनिबार बेलुकीबाट खुलेको छ । ट्रिपर सञ्चालन गर्ने घोराही सिमेन्टका जिम्मेवार व्यक्तिहरु सम्पर्कमा आएपछि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिइएको तर पिडितको माग सम्बोधन नभएसम्म ट्रिपर चल्न नदिइने बन्दकर्ताहरुले जनाएका छन् ।

अहिले दाङको तुलसिपुरमा प्रशासनको समन्वयमा पिडित पक्ष र सिमेन्ट प्रालिविच छलफल चलिरहेको बताइएको छ । सिमेन्ट प्रालिका पब्लीक रिलेसन म्यानेजर अमर सुवेदी लगाएत संग छलफल चलिरहेको पिडिडत पक्षको तर्फबाट छलफलमा सहभागी रुपक बुढाले जानकारी दिए ।

घटना भएको तीन दिनसम्म पनि घोराही सिमेन्ट कम्पनी र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै कपुरकोटमा क्रियाशिल राजनितीक दलहरुले विज्ञप्ती जारी गर्दै शनिबार विहान १० बजेदेखी सडक अबरुद्ध गरेका थिए ।

दाङको तुलसीपुर ४ हर्नेटीमा बिहिबार साँझ ६ बजेतिर ट्रिपरको ठक्करबाट गम्भिर घाइते कपुरकोट गाउँपालिका वडा नम्बर –३ का १८ वर्षीय आकाश सेनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको थियो । बिहिबार साँझ कपुरकोटबाट तुलसीपुरतर्फ जादै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको ट्रिपरले ओभरटेक गर्ने क्रममा तुलसीपुर ४ हर्नेटीमा ठक्कर दिएको थियो ।

 

प्रकाशित मिति: २०२२-०५-२१ , समय : १२:०९:०४ , २ वर्ष अगाडि