Salyan Paribesh , ७९७ पटक हेरिएको

सल्यान/जेठ,८ सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानी निवासी ७४ वर्षीया कल्चे डाँगीको शनिबार भीरबाट लडेर ज्यान गएको छ ।
स्थानीय झाँक्रेवारी भन्ने जंगलमा बाख्रा चराउन गएकी डाँगी भीरबाट लडेर घाइते भएको र उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०५-२२ , समय : १९:५६:११ , १ वर्ष अगाडि