Salyan Paribesh , ११७४ पटक हेरिएको

रोजगारीका क्रममा साउदी अरबको जेद्धामा पुगेर अलपत्र परेका जाजरकोटका आयुश रानाको उपचार र उद्धारको पहल थालेको छ ।कोठामा गम्भीर अवस्थामा छ’ट्पटाइरहेका रानाको भिडियो सामाजिक सञ्जालमा व्यापक बनेपछि श्रम,
रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा सरकारी अधिकारीहरू उनको उ’द्धारमा जुटेका हुन् । आयुश राना पीडाले छट्पटाइरहेको तस्बिर र भिडियो सार्वजनिक भएपछि आज रियाद स्थित नेपाली दूतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली सो स्थानमा पुगेको थियो ।
टोलीले उनको स्वास्थ्यावस्थाबारे जानकारी लिएको श्रम मन्त्रालयले जनाएको छ । श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादक सहित दूतावासको टोलीले बिरामी रानालाई उपचारका लागि स्थानीय अस्पताल लगेको छ । दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ नेपाली श्रमिकलाई दैनिक खानाको प्रबन्ध गर्दै आएको थियो ।
आठमध्ये एकजना नेपाल फर्किसकेका छन् । अन्य छजना मङ्गलबार नेपाल फर्कनेछन् । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिए पनि उनको साउदी प्रहरीमा उ’जुरी रहेकाले केही समय लाग्ने दूतावसाले जनाएको छ ।
राना बि’रामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि दूतावासले आज नै अध्यागमन कार्यालयलाई पत्राचारसमेत गरेको थियो । उपचारपश्चात् रानाको स्वास्थ्यावस्था सामान्य रहेको छ ।
प्रकाशित मिति: २०२२-०१-२३ , समय : १९:२६:२२ , १ वर्ष अगाडि