रेनु दाहालले ५२ हजार ३० मत प्राप्त गरेर भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित

Salyan Paribesh , ७४३  पटक हेरिएको

काठमाडौं, १० जेठ । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेका विजय सुवेदीभन्दा १२ हजार ४४९ मत बढी ल्याएर जितेकी हुन् ।

रेनुले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । सुवेदीले ३९ हजार ५८१ मत ल्याए । काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे ।

उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मत ल्याएर विजयी भए । राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत प्राप्त गरिन् ।

माओवादी अध्यक्ष प्रचण्डकी छोरी रहेकी रेनु भरतपुरको निवर्तमान मेयर हन् ।

प्रकाशित मिति: २०२२-०५-२४ , समय : ०४:३५:०८ , १ वर्ष अगाडि