Salyan Paribesh , ५२६ पटक हेरिएको

सल्यान/ जेठ, १०
रोजगारीको लागि साउदी अरब पुगेका ७ नेपाली युवा अलपत्र परेका छन्। एक वर्षअघि साउदी पुगेका उनीहरु विगत ५ महिनादेखि कामविहीन छन्।
‘५ महिना भयो। कम्पनीले काम पनि दिएको छैन। तलब पनि छैन। हाम्रो त बिजोग भइसक्यो । अलकासिमको नवनिया भन्ने ठाउँमा ठाकुरसहित सुमित सिंह ठकुरी, सन्तोष कुमार मण्डल, जितेन्द्र पासवान, श्यामकुमार साह, बसन्तकुमार साह, र जुरि कुमार अलपत्र परेका छन !
उनीहरु गत वर्षको अप्रिलमा बानेश्वरको ओसो रिक्युटिङ एजेन्सीमार्फत साउदी अरब पुगेका थिए। उनीहरुलाई कार्पेन्टरको काम भनेर कटेरा साउदी अरेविया नामको कम्पनीमा पठाइएको थियो।
‘कार्पेन्टरको काम भनेर अन्तर्वार्ता दिएका थियौँ । पास पनि भइयो। तर, यहाँ आएर त्यो काम पाइएन। काठको काम भनेको आल्मुनियमको काममा लगायो,’ ठाकुर भन्छन्, ‘भनेजस्तो काम नपाएता पनि फर्किनु भन्दा जे काम भए पनि गर्नु उचित ठानेर गरियो। ६ महिनासम्म त ठिकै थियो। अहिले त काम नै छैन।’
प्रकाशित मिति: २०२२-०५-२४ , समय : ०७:२६:३५ , १ वर्ष अगाडि