पेट्रोलियम पदार्थको मूल्यवृद्धि ३ दिन भीत्र फिर्ता नलिए देश भर आन्दोलन गर्ने राप्रपाको घोषणा

Salyan Paribesh , ६५५  पटक हेरिएको

काठ्माण्डौ/ जेठ,११ – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग माग गरेको छ। श्रृंखलाबद्ध रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भन्दै राप्रपाले फिर्ता लिनका लागि सरकारसँग माग गरेको हो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार विज्ञप्ति जारी गर्दै उपभोक्तालाई मारमा पार्ने गरी भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्। ‘

श्रृंखलाबद्ध रूपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक छ।
सरकारको हचुवा, अदूरदर्शी कदमबाट आम उपभोक्ता नराम्रोसँग मारमा परिरहेको छ,’ राप्रपाको माग छ, ‘राप्रपा पटक-पटक भइरहेको मूल्यवृद्धिको विरोध गर्दछ।
साथै उपभोक्ताको हितविपरीत भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गर्दछ।’

पेट्रोलियम पदार्थमा राज्यले लिइरहेको करमा पुनर्विचार गर्न पनि राप्रपाले माग गरेको छ। अध्यक्ष लिङ्देनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: २०२२-०५-२५ , समय : ०५:५२:२३ , १ वर्ष अगाडि