Salyan Paribesh , ७५० पटक हेरिएको

राेल्पामा जग्गा साँधसिमाना सम्बन्धी विवाद हुँदा हत्या गरेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ ।
जिल्लाकाे परिवर्तन गाउँपालिका–६ का गणबहादुर कामीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनले २०५१ भदौ २१ गते जग्गा साँधसिमाना सम्बन्धी विवादमा साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङ ल्वाँतेका चुनबहादुर घर्तीमगरको हत्या गरेको अभियोग थियो ।
उक्त घटनापछि र अदालतको फैसलापछि पनि उनी फरार थिए । घटनाका संलग्न भएका दुई जनामध्ये अर्का अभियुक्तलाई भने पहिले नै पक्राउ गरी कानुनी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएकाे छ ।
उनी विरुद्ध २०७० वैशाख ९ गतेको रोल्पा जिल्ला अदालतको फैसलाले जन्म कैद (२० वर्ष कैद) सुनाएको थियो । तर उनि छिमेकी मुलुक भारतमा पुगी लुकिछिपी बस्ने गरेका थिए ।
पछिल्लो पटक भारतबाट लुकिछिपी घर आएको ६ दिनमै प्रहरीले कामीलाई पक्राउ गरेको हो । घटना हुँदा कामी २१ वर्षका थिए ।
बुधबार पक्राउ गरिएका गणबहादुर कामीलाई कारागार चलान गरिसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०१-२४ , समय : ०५:३२:०५ , १ वर्ष अगाडि