सत्तारुढ विद्यार्थी संगठनले गरे आयल निगम घेराउ (फोटो फिचर)

Salyan Paribesh , २५८  पटक हेरिएको

११ जेठ, काठमाडौं । सत्तारुढ विद्यार्थी संगठनहरूले आयल निगम घेराउ गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले निगममा घेराउ गरेका हुन् ।

निगमको कार्यालय पुगेका नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी लगायत सत्तारुढ दल आवद्ध विद्यार्थीहरूले मूल्य वृद्धि खारेज गर्नुपर्ने र निर्देशकको राजीनामा समेत माग गरेका छन् ।

आइतबार रातिदेखि लागु हुनेगरी सातामै दोस्रो पटक नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको थियो ।

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य १८०० रुपैयाँ तोकिएको छ ।

तस्वीर  : आर्यन धिमाल ।

    

#Copy_अनलाइनखबर

प्रकाशित मिति: २०२२-०५-२५ , समय : ०७:५७:०५ , १० महिना अगाडि