पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समाजवादीको निर्देशन- एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नू

Salyan Paribesh , ७८७  पटक हेरिएको

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन गरेको छ । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी यसपालि पहिलो पटक निर्वाचनमा सहभागी भएको हो।  सत्ता गठबन्धनमा रहेको समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयर जितेको छ।

भने देशभर प्रमुख पदमा २० जना र उपप्रमुख पदमा २४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । बुधबार महासचिव बेदुराम भुसालले सर्कुलर जारी गर्दै पार्टीकातर्फबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन गरेका हुन् ।

भुसालले जनताले ठूलो विश्वास गरी मत दिएकाले जनताको विश्वासप्रति सधैँ इमानदार रहन भनेका छन् । ‘जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहोला। निर्वाचनका बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नुहोला,’ सर्कुलरमा भनिएको छ।

यस्तो छ सर्कुलर :

प्रकाशित मिति: २०२२-०५-२५ , समय : १३:०५:०७ , २ वर्ष अगाडि