प्रकृतिको महिमा – दिपा कुमारि वलि

Salyan Paribesh , ३६६  पटक हेरिएको

जननी हो प्रकृति तिमी जिबन रक्षक हो मेरो ।
तिमि जुनमा जीबन दिन्छौ तर बिग्रिन्छ सेरोफेरो ।।
जन्म दिन्छेउ आमा बनी छोराको नाता भुटिञ्छ यहा ।।

सात बर्षे नाबालक छोरी बलत्कीरित भईन ।
नेपाली कानुन जान्दैन त्यो ।।
हरेक नबदुलहिलाइ सिगारे झैँ सिगारिन्छ टिभीहरुमा ।
निती बिधि आफ्नो संस्कार मानबले नै मान्दैन त्यो ।।

तिम्रो अस्तिव के थाहा नरभसि राक्षेसहरुलाइ ।
प्रयोग उपास मात्र बनाएका छन् तिमिलाई ।।
हिम सिखरको सिरेटो भित्र कदम चाल्दै ।
गास बास कपास स्वास मानवता हृदयमा बाल्दै ।।

बिरामी पर्दा उपचाराकी उपमा हौ तिमि ।
बुझ्नेहरुलाई मात्र थाहा छ तिम्रो महिमा ।।
तिम्रो मासु लुछ्ने गिद्धहरुलाई के थाहा ।
तिम्रो अतुलनिय गुन गान र ब्यथा ।।

दिपा कुमारी वली
प्र.अ. श्री गायत्री प्रा.बि क्षत्रेस्वरि ५,ढोरचौर
( सल्यान )

प्रकाशित मिति: २०२२-०१-२४ , समय : १५:३२:०५ , १ वर्ष अगाडि