बधाईको अबिर मेट्न नपाउदै मेयर साम्पाङ खानेपानी मुहानमा पुगे

Salyan Paribesh , ७८६  पटक हेरिएको

धरान / जेठ, ११
धरानका नवनियुक्त मेयर हर्क साम्पाङ बधाई तथा शुभकामनाको अबिर मेट्न नपाउदै मेयर हर्क साम्पाङ खानेपानी मुहानमा पुगेको छ । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् ।

साम्पाङ आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिएका छन । उनले मुहानमा कमजोरी सच्याउन निर्देशन दिए । आफै सरसफाईमा सक्रिय भए ।

साम्पाङले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताइसकेका छन् । उनले चुनावमा जितेपछि खुशी मनाउने भन्दा काम गरेर देखाउन भनेका छन् ।

अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति
कञ्चनपुर, ११ जेठ (रासस) :कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरभित्रका दलित र अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

आज पदभार ग्रहण गर्नुहुँदै उहाँले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने बताउनुभयो । नगरभित्रका स्वास्थ्य संस्थाबाट अन्यत्र उपचारका लागि पठाउनुपर्ने सुत्केरी र अशक्त बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गर्ने निर्णय गरिएको छ । थारू समुदायको परम्परागत कालदेखि प्रचलनमा रहेको भल्मन्सा, वडघर प्रथालाई कानुन निर्माण गरी नगरसँग जोडिने छ ।

सामाजिक सुरक्षा भत्तालाई वडा तहमा वितरण गर्ने र नगरपालिकाभित्र रहेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णयसमेत गर्नुभएको छ ।

प्रकाशित मिति: २०२२-०५-२५ , समय : १८:००:४८ , २ वर्ष अगाडि