Salyan Paribesh , १२१२ पटक हेरिएको

सिन्धुपाल्चोक/ जेठ १२ – गएराति एम्बुलेन्स दुर्घटना हुदा एक बृद्धाको मृत्यू भएको छ।
मृत्यु हुनेमा सुनकोशी गाँउपालिका–७ कि ७८ वर्षीया मनमाया खड्का रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
दोलखाबाट काठमाडौंका लागि छुटेकाे बा २० च ६३२७ नम्बरको एम्बुलेन्स तिव्रगतिका कारण अनियन्त्रित भएर सडक माथिका घरमा खस्न पुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर यादवले बताए।
घटनास्थलमा प्रहरी चौकी लामोसाँघुकाे प्रहरी टाेलीले एम्बुलेन्सले ती वृद्धालाई च्यापेकाे अवस्थामा निकालेकाे र अहिले चालक फरार रहेकाले खाेजिकार्य भईरहेकाे प्रहरी उपरीक्षक यादवले बताए। तस्बिर : दिनेश थापा फेसबुकबाट
प्रकाशित मिति: २०२२-०५-२६ , समय : ०६:०६:५९ , २ वर्ष अगाडि