नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सास्थ्य उपचार गरी फर्किनु भएको छ पढ्नुस पुरा समाचार

Salyan Paribesh , ६०५  पटक हेरिएको

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सास्थ्य उपचार गरी फर्किनु भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहालाई लिन भनि नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गर्नु भएको थियो ।

करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पार्टीका पूर्वस्थायी समिति सदस्यसमेत रहनुभएका पुन आज नेपाल फिर्ता हुनु भएको छ ।
हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गो विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उहाकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्कनुनु भएको छ ।

नेता पुन चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरेर स्वदेश फर्किनु भएको हो । वंशाणुगत जण्डिसका बिरामी बर्षमान पुन जावलाखेल स्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक जानु भएको थियो । बैंकक स्थित समिति भेज अस्पतालमा दुई महिना उपचार गराउँदा समेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।

प्रकाशित मिति: २०२२-०१-२४ , समय : १७:५१:१६ , १ वर्ष अगाडि