स्थानीय तह निर्वाचनमा सल्यानबाट दुई महिला मात्र वडाध्यक्ष पदमा निर्वाचित भएका छन्।

Salyan Paribesh , ११३८  पटक हेरिएको

सल्यान : स्थानीय तह निर्वाचनमा सल्यानबाट दुई महिला मात्र प्रमुख पदमा निर्वाचित भएका छन्। १० पालिका र ८३ वडा रहेको सल्यानमा दुई महिला मात्र वडा अध्यक्षमा निर्वाचित भएका छन्।

पालिका प्रमुखमा उम्मेदवार नबनाएका राजनीतिक दलले वडामा समेत महिलालाई प्रमुख पदको उम्मेदवार बनाइएन।

माओवादी केन्द्रले दार्मा गाउँपालिका ६ मा देवी केसी, नेपाली कांग्रेसले शारदा नगरपालिका ३ मा तुल्सा भण्डारी ,राप्रपाले शारदा ३ मा इन्द्रा भण्डारी र विप्लव नेतृत्वको नेकपाले बागचौर नगरपालिका ८ मा हेमन्ता बुढाथोकीलाई उम्मेदवार बनाउनेबाहेक अन्य कुनै पनि वडामा महिलालाई प्रमुख पद दिइएन।

गठबन्धनको नाममा पालिका उपाध्यक्षमा महिलालाई हटाएर पुरुषलाई उम्मेदवार बनाइयो।

चारजना उम्मेदवार बनेकोमा दुईजना दार्मा गाउँपालिका ६ मा देवी केसी र शारदा नगरपालिका ३ मा तुलसा भण्डारी मात्र निर्वाचित हुन सके। संविधानले प्रमुख वा उपप्रमुखमा अनिवार्य महिला उल्लेख गरे पनि महिलाहरुलाई उपप्रमुखमा मात्र सीमित गरिएको महिला नेतृहरूको भनाइ छ।

प्रकाशित मिति: २०२२-०५-२६ , समय : ०९:२४:२४ , १ वर्ष अगाडि