Salyan Paribesh , ५९३ पटक हेरिएको
काठमाडौ जेठ १२।नेकपा एमालेका नेता डा.भीम रावलले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विवादित बुँदा संशोधनको पत्र संसदमा पेश गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार संसदमा जारी बजेटको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै डा.रावलले व्याख्यात्मक टिप्पणीसहित संसदबाट पास भएको भनिएको एमसीसीको संशोधित पत्र हालसम्म संसदमा पेश नभएको र सो सम्बन्धमा कार्यप्रगति के कति भएको छ, सो जानकारी अविलम्ब संसदलाई दिन सरकारसँग आग्रह गरेका हुन् । यसबारे जनताले जान्न पाउनुपर्ने उनको भनाइ छ ।
एमसीसीको तीब्र विरोध जनाउँदै आएका डा.रावलले यसअघि पनि संसदमा विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सोही मुद्दा उठाएका थिए ।
प्रकाशित मिति: २०२२-०५-२६ , समय : ०९:३०:२५ , २ वर्ष अगाडि